Dark Mode

      Subscribe

बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालकको उपचार हुँदै

533
SHARES
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालकको उपचार हुँदै

झापा : भद्रपुर विमानस्थलमा शुक्रवार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा सामान्य घाइते भएका ६ यात्रु उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किएका छन्। टाउको र अनुहारमा चोट लागेका सहचालकको २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ।

चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्। जहाजमा ५१ यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए।काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याएको थियो। टाउको र अनुहारमा चोट लागेका सहचालकको २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ। ६ जना सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए।

जहाज काठमाडौँबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो। जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर् याएको थियो।



nationalnews7 nationalnews7   
  • January 3, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP