Dark Mode

      Subscribe

सार्वसाधारणका लागि १३ करोड ६० लाख इकाई खुला गर्दै नेपाल लाइफ क्यापिटल

39
SHARES
सार्वसाधारणका लागि १३ करोड ६० लाख इकाई खुला गर्दै नेपाल लाइफ क्यापिटल

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले माघ ४ गतेदेखि ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ को इकाई निष्कासन गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १६ करोड इकाई, अर्थात् एक अर्ब ६० करोड रुपैयाँ बराबरको इकाई बिक्री गर्न लागेको हो।

निष्कासन हुने कुल इकाईमध्ये १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइनेछ। बाँकीमध्ये २ करोड २४ लाख इकाई कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लागि तथा १६ लाख इकाई योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको नेपाल लाइफ क्यापिटलले जनाएको छ।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे अवधिको बन्दमुखी योजना हो। बन्दमुखी योजना भएकाले निष्कासनपछि यी इकाईहरू धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछन्।

इकाई खरिदका लागि माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि माघ १८ गतेसम्म लम्बिने व्यवस्था गरिएको छ। योजना व्यवस्थापकसँगै इकाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी समेत नेपाल लाइफ क्यापिटल लिमिटेडले नै सम्हालेको छ। लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।



nationalnews7 nationalnews7   
  • January 8, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP