Dark Mode

      Subscribe

माघ १ गते बृहत् रैथाने कृषि मेला, के हुनेछ आकर्षण ?

221
SHARES
माघ १ गते बृहत् रैथाने कृषि मेला, के हुनेछ आकर्षण ?

काठमाडौं । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा भोलि माघ १ गते बृहत् रैथाने कृषि मेला आयोजना हुने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र रैथाने एग्री प्रडक्ट्स नेपालले संयुक्त रूपमा मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ । मेलाका प्रचारप्रसार समिति संयोजक रामबहादुर चौहानले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ माघे सङ्क्रान्तिका दिन भृकुटीमण्डपको बगैँचा परिसरमा मेला सञ्चालन हुने जानकारी दिनुभयो ।

कृषि जैविक विविधताको महत्त्व, संरक्षण र दिगो उपयोगमा जनचेतना फैलाउने र विशेष गरी युवालाई सक्रिय रूपमा सहभागी गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । मेलामा रैथाने बीउबिजन, परम्परागत कृषि प्रविधि, मौलिक खाना र प्रदेशस्तरीय खाद्य परिकारको प्रदर्शन, परम्परागत कृषि उपकरण, सांस्कृतिक झाँकी, नृत्य, गीत र कविता प्रस्तुति र रैथाने स्वाद, संस्कृति तथा ग्रामीण पर्यटनसँग सम्बन्धित जानकारी एवम् परामर्श पनि प्रदान गरिनेछ । सरकारले हरेक वर्ष माघ १ गते ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ मनाउँदै आएको छ ।



nationalnews7 nationalnews7   
  • January 14, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP