Dark Mode

      Subscribe

मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन् : ओली

234
SHARES
मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन् : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने योजना अनुसार आफू नेतृत्वको सरकार अपदस्त गर्ने काम भएको बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको लोकार्पण कार्यक्रमलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय मुलुक जलाउने र अराजकता मच्चाउने प्रयास भएको पनि बताएका छन् । ‘सरकार अपदस्थ गर्नेदेखि मुलुक जलाउने काम भयो,’ अध्यक्ष ओलीले भने, ‘अहिले मुलुक जलाउनेहरूकै डाको ठूला ठूला छन्।’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबारे कटाक्ष गर्दै केही व्यक्तिहरू आफूविरुद्ध चुनाव लड्ने भन्दै तामझामका साथ निर्वाचन क्षेत्रमा पुगेको बताए ।

त्यसरी तामझामसहित झापामा भइरहेको गतिविधिमा प्रयोग भएको पैसाको स्रोतप्रति पनि उनले प्रश्न उठाए। ‘कोही–कोही केपी ओलीसँग चुनाव लड्छु भनेर तामझाम गरेर हामीले नचिन्ने नोट लिएर निर्वाचन क्षेत्रमा पुगेका छन्,’ उनले भनेका छन् । एमाले प्रतिक्रियावादीको दया, माया र कृपाले यहाँसम्म नपुगेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टी सङ्घर्षकै बलमा स्थापित भएको बताए ।

‘हामी प्रतिक्रियावादीको दया, माया र कृपाले यहाँ पुगेका होइनौँ,’ उनले भने, ‘नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन, किनकि यहाँ एमाले छ।’ अराजक गतिविधि गर्नेहरूप्रति लक्षित गर्दै उनले कडा टिप्पणी पनि गरे । ‘लुसिफरहरूले धेरै धाक नलगाए हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘जलाउनेहरूले ती जलाएका संरचनाहरू फेरि बनाउनु पर्दैन?’

इतिहास लामो हुने भएकाले कसैको हातबाट इतिहास नाप्ने प्रयास नगर्न चेतावनी दिँदै उनले युवापुस्तालाई गम्भीर सन्देश दिए । ‘तिम्रै हातबाट इतिहास नाप्न नखोज, इतिहास लामो छ,’ उनले भने, ‘युवाहरूले डिग्री गरेर मात्र हुँदैन, देश पढ, देश बुझ।’ अध्यक्ष ओलीले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई देशका निम्ति लडिरहेको स्पष्ट पार्दै परिवर्तन नभएको होइन, परिवर्तन भएको छ भन्ने कुरामा जोड दिए । ‘हामी महान् कठिनको घडीमा छौँ,’ उनले भने, ‘तर संघर्षबाट सबै कुरा पार लगाउँछौँ।’

नेपाली समाज बिस्तारै विकृत हुँदै गएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । नेपाली मन भड्काउने र अराजकता फैलाउने तत्त्वहरूलाई नियन्त्रण गर्नुपर्नेमा उनको जोड थियो । ओलीले कांग्रेसमा देखिएको विभाजन प्रति चिन्ता व्यक्त गर्दै कांग्रेलाई अदृश्य शक्तिले विभाजनको प्रयास गरेको बताए । यस्तै प्रयास एमाले विभाजनको बेला पनि भएको ओलीले स्पष्ट पारे ।



nationalnews7 nationalnews7   
  • January 15, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP