Dark Mode

      Subscribe

यसरी गरिँदैछ नेपालमा अन्तर्राष्ट्रिय लगानीको थप सहजीकरण र प्रवर्द्धन

91
SHARES
यसरी गरिँदैछ नेपालमा अन्तर्राष्ट्रिय लगानीको थप सहजीकरण र प्रवर्द्धन

काठमाडौँ । अन्तर्राष्ट्रिय लगानीलाई नेपालमा थप सहज र प्रभावकारी बनाउने उद्देश्यले लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति (फोकल पर्सन)को जिम्मेवारी दिएको छ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी नेपालमा वैदेशिक लगानी भित्र्याउने प्रक्रियालाई सहजीकरण गर्नेछन्। साथै, लगानीसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने, सूचना आदान–प्रदान गर्ने र लगानी प्रक्रियामा देखिने समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्नेछन्।

केही समयअघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिहरूले लगानी प्रवर्द्धनका लागि स्पष्ट सम्पर्क व्यक्ति तोकिएमा काम अझ प्रभावकारी हुने धारणा राखेका थिए। सोही सुझावलाई मध्यनजर गर्दै लगानी बोर्डले आर्थिक कूटनीति सम्पर्क व्यक्ति नियुक्त गरेको हो। यसबारे लगानी बोर्डले परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ।

 



nationalnews7 nationalnews7   
  • January 29, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP