Dark Mode

      Subscribe

नेपालमा सिर्जित सामाजिक सञ्जालमा नयाँ धमाका, Global Diary अबदेखि ‘गभर्मेन्ट टु पिपुल’

416
SHARES
नेपालमा सिर्जित सामाजिक सञ्जालमा नयाँ धमाका, Global Diary अबदेखि ‘गभर्मेन्ट टु पिपुल’

काठमाडौं । ग्लोबल डायरी सरकारदेखि जनतासम्म  जोडिदै गएको छ । नेपाली आईटी विज्ञले उत्पादन गरेको ग्लोबल डायरी तीब्ररुपमा सरकारदेखि जनतासम्म जोडिँदै गएको हो । हिजोआज ग्लोबल डायरीमा कार्यरत जनशक्ति मन्त्रालयदेखि विभिन्न सरकारी कार्यालयसम्म पुगिरहेका छन् । ग्लोबल डायरीले विभिन्न मन्त्रालयहरु, संवैधानिक निकायहरु, नीजि कम्पनीहरु, शिक्षण संस्थाहरुमा पुगेर बजार बिस्तार तीब्ररुपमा बढाएको छ । यसैक्रममा सबै संघीय मन्त्रालयलाई दर्ताका लागि पत्राचार गरिसकिएको छ ।

यसैक्रममा ग्लोबल डायरी र निर्वाचन आयोगबीच पछिल्लो समयमा सहकार्यका लागि प्रयास भइरहेको छ । आयोगले नेपालमै सिर्जना गरिएको यस सामाजिक प्लेटफर्मलाई सकारात्मक रुपमा लिँदै दर्ता प्रक्रियामा गएको छ । ग्लोबल डायरीको प्रयोग उचित हुने आयोगका केही उच्च पदस्थ कर्मचारीहरुको ठहर छ । यसैगरी काठमाडौं महानगरपालिका वडा नं १० दर्ता प्रक्रियामा गएर ग्लोबल डायरी पेज सञ्जाल गर्ने तयारीमा छ ।

अब क्रमशः संघीय तथा प्रदेशका सबै मन्त्रालय, स्थानीय तह, प्रहरी कार्यालय, अख्तियारलगायत कार्यालयमा दर्ताको प्रस्तावसहित जाने योजना रहेको ग्लोबल डायरीका निर्देशक भगवान अग्रहरीले यस सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।

सञ्चार मन्त्रालयमा सूचीकृत सामाजिक सञ्जाल हो ‘ग्लोबल डायरी ‘:

नेपालमै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल ‘ग्लोबद डायरी’ (Global Diary)सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक रूपमा सूचीकरण भएको हाे । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्थाअनुसार ‘ग्लोबल डायरी’ सुचीकृत भएको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ग्लोबल डायरी प्रा.लि. सूचीकरण भएको निस्सा प्रदान गर्दै भनेको छ, “श्री ग्लोबल डायरी प्रा. लि ग्लोबल डायरी “Global Dairy’ तपाईलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पूरा गर्ने गरी सोहि निर्देशिकाको दफा ३ को उपदफा (६) बमोजिम सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न यो निस्सा प्रदान गरिएको छ ।”

 



nationalnews7 nationalnews7   
  • February 2, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP