Dark Mode

      Subscribe

जेन–जी आन्दोलनका क्रममा ध्वस्त कोटेश्वर भाटभटेनी सञ्चालनमा

299
SHARES
जेन–जी आन्दोलनका क्रममा ध्वस्त कोटेश्वर भाटभटेनी सञ्चालनमा

काठमाडौं । जेन–जी आन्दोलनमा आगजनीबाट ध्वस्त भएको कोटेश्वर भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा आएको छ । अत्याधुनिक सुविधा र सुरक्षा प्रणालीसहित उक्त स्टोरको शनिबार पुनः सञ्चालनको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले भदौ २४ बाट नै सबै नकरात्मकता जलेर खरानी भएको बताउँदै अब सकरात्मकता मात्रै रहेको र देश १५ बर्षभित्र सम्पन्न हुने दावी गरे ।

उनले बीएमडब्ल्यु कारको कारखानामा पनि बम विस्फोट भएरपछि पुनः स्थापित भएको, हिरोसिमा र नागासाकी पनि बम विस्फोट भएर खरानी भएपछि बनेको उदाहरण दिँदै भाटभटेनी पनि अब स्थापित हुने बताए ।

गुरुङले दुई महिनाको पुनर्निर्माणपछि कोटेश्वर भाटभटेनी सुचारु भएको बताए । उनले जेन–जी आन्दोलनमा ध्वस्त भएका बाँकी ११ वटा स्टोर पनि चाँडै क्रमसः सञ्चालनमा आउने जानकारी दिए ।



nationalnews7 nationalnews7   
  • February 7, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP