Dark Mode

      Subscribe

रोहित पौडेलले स्वीकारे गल्ती, भने– इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन

182
SHARES
रोहित पौडेलले स्वीकारे गल्ती, भने– इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन

काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् ।

खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै रोहितले इंग्ल्यान्डसँग राम्रो खेल खेलेपनि त्यसलाई आजको खेलमा निरन्तरता दिन नसकेको बताए । उनले भने ‘इटालीले राम्रो खेल्यो । त्यसको क्रेडिट दिनुपर्छ । हामीले राम्रो ब्याटिङ गर्न सकेनौं ।’

उनले थपे‘ १२३ रन राम्रो होइन, हामीले १५०–१६० बनाउँछौं भन्ने सोचेका थियौं । तर हामीले खराब ब्याटिङ गर्यौँ । मेरो विकेट टर्निङ पोइन्ट बन्यो । ’

नेपालले टी–२० विश्वकपमा लगातार दोस्रो हार ब्यहोरेको छ । केही समयअघि भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।



nationalnews7 nationalnews7   
  • February 12, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP