Dark Mode

      Subscribe

एनआईसी एसिया बैंकका ग्राहकले अपोलो हस्पिटलमा पाउने भए छुट

65
SHARES
एनआईसी एसिया बैंकका ग्राहकले अपोलो हस्पिटलमा पाउने भए छुट

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले भारतको नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड ९अपोलो हस्पिटल० मा उपचार गर्दा छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन्। बैंकका ग्राहकहरुले इनपेसेन्ट रुम चार्ज, प्रिभेन्टिभ हेल्थ चेक प्याकेजहरु र अटेन्डिज हेल्थ चेकअप सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्। त्यसैगरी आउटपेसेन्ट इन्भेस्टिगेसनमा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ।

साथै, कम्प्लिमेन्टरी रेजिस्ट्रेसन शुल्क, विदेशी बिरामी लाउन्जमा पहुँचजस्ता सुविधाहरु समेत उपलब्ध हुने जनाइएको छ। यसैगरी, काठमाडौंस्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत अपोइन्टमेन्ट लिने बैंकका ग्राहकहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटलरहस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ।

उक्त सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।



nationalnews7 nationalnews7   
  • February 24, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP