Dark Mode

      Subscribe

आयाल निगमले अबदेखि प्रतिसिलिन्डर ७.१ केजी ग्यास दिने, मूल्य कति ?

13
SHARES
आयाल निगमले अबदेखि प्रतिसिलिन्डर ७.१ केजी ग्यास दिने, मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले प्रतिसिलिन्डर ७.१ केजी ग्यास भरेर वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएका कारण आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन ७.१ केजी ग्यास भरेर वितरण गर्ने जनाएको छन् ।

यही फागुन २९ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्णय गरिएको निगमले जनाएको छ । साथै निगमले ग्यासको तौल घटाएर मूल्य पनि घटाएको छ । “ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर आधार मूल्य (रु ९५५) मा विक्री वितरण गर्ने निर्णय भएको‘,” निगमले भनेको छ । भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको भन्दै निगमले यस्तो जनाएको हो ।



nationalnews7 nationalnews7   
  • March 13, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP