Dark Mode

      Subscribe

अष्टमंगल के हो ? यसले के प्रतिनिधित्व गर्छ ?

26
SHARES
अष्टमंगल के हो ? यसले के प्रतिनिधित्व गर्छ ?

काठमाडौं ।अष्ट मंगल भनेको हिन्दू, बौद्ध र जैन धर्ममा प्रयोग गरिने आठवटा पवित्र र शुभ प्रतीकहरूको समूह हो, जसले सौभाग्य, समृद्धि, र आध्यात्मिक चेतनाको प्रतिनिधित्व गर्दछ। यी प्रतीकहरूलाई मन्दिर, धार्मिक अनुष्ठान, र घरको सजावटमा प्रयोग गरिन्छ, जसले जीवनमा सकारात्मकता र पवित्रता ल्याउने विश्वास गरिन्छ।
मुख्य अष्ट मंगलका प्रतीकहरू (विशेष गरी बौद्ध धर्ममा):
-श्रीवत्स (अनन्त गाँठो): प्रज्ञा र करुणाको मिलन।
-पद्म (कमल फूल): पवित्रता र स्पष्टता।
-ध्वज (झण्डा): बुद्धको विजय।
-कलश (कलश): समृद्धि र प्रचुरता।
-मत्स्य जोडी (सुनौलो माछा): निडरता र आनन्द।
-धर्मचक्र (चक्र): बुद्धको शिक्षा।
-शंख (सेतो शंख): बुद्धको आवाज।
-छत्र (छाता): संरक्षण।

‘खादा’ अष्टमंगल अंकित एउटा पवित्र बस्त्र हुन। जसलाई शुभ र शौभाग्यशाली पञ्च रंग र कपडामा अंकित गरिएको हुन्छन।त्यो वस्त्रलाई नै खादा भनिने हुन। जसले पञ्च दिशा,पञ्च बुद्ध र पञ्च तत्वको समेत प्रतिनिधित्व गर्छ।
यसलाई विशेष समारोह र अवसरहरूमा सगुनको रूपमा प्रयोग गरिने हुन्छ। अष्टमंगलहरूमा तीन मंगलहरू भने सुनौलो हुन्छन्।

अष्ट मंगल भनेको के हो ? << विस्तृतमा : 

१,सुनौलो माछा: दुई माछाहरू एक आपसमा देखिन्छन। जसले जलको प्रतिनिधित्व गर्छन् र यो जोडी माछाले सबै बाधाहरू दुर गर्ने र पुर्णरूपमा स्वतन्त्रता भएर निर्भयताको स्थितिमा रहने सन्देश दिन्छ।
२,सुनौलो कमलको फुल: कमलको फुलले काय,वाक र चित्तलाई आदिम शुद्धतालाई इगित गर्छ। अनि कामनाहरूलाई फोहर मैलाबाट बचाउँछन्। यो कमलको फुलको प्रतिकले पिडाबाट उठेर प्रबुद्धता,सौन्दर्य र स्पष्टता प्राप्त गर्ने सादृश्य हो।

३,सुनौलो धर्म चक्क: यसले भगवान बुद्धले दुखबाट मुक्त हुने उपाय अष्टंगीक मार्ग र सत्य बुझ्ने चार आर्य सत्यलाई इंगित गरिएको हुन्छन।जसले संसारिक र वैराग्यता कुनै पनि प्रकारको भोग विलास नगर्ने विचको मध्यमार्गको प्रतिनिधित्वको संकेत गर्छ।

४, छाता: संसारिक तृष्णाबाट मुक्त होस र तृष्णाबाट कुनै पनि नोक्सानी नहोस भन्ने अर्थ लाग्छ। छाताले भगवान बुद्धको ज्ञानको प्रतिनिधित्व गर्छ।

५,सेतो शंख: यसले तृष्णा र क्लेशहरू माथी विजय गरी धर्मध्वनी होस भन्ने कुराहरूलाई इंगित गर्छ। शंखले अजयको प्रतिनिधित्व गर्छ।

६,कलश: मनमा भएको सबै तृष्णा हटाउने र बुद्धत्वको प्राप्तिको ज्ञान भण्डार भन्ने कुराको प्रतिनिधित्व गर्छ।

७, स्वस्तिक चिन्ह: यसले तिमी आफै आफ्नो मालिक हो भन्ने कुराको इंगित गरेको हुन्छ। जसले आफू जे बन्न छ, त्यो बन्छ भन्ने प्रतिनिधित्व गर्छ।

८, धर्मध्वाजा: यसले असत्य सँग सत्यको जीत र अशान्ति सँग शान्तीको जीत हुन्छ भन्ने कुराको इंगित हुन्छ। जसले सत्य र शान्तिको प्रतिनिधित्व गरेको हुन्छ।

खादा धारण गर्नाले सबैको शुभ र कल्याण हुन्छन। खादामा ‘ओम माणे पद्मे हुँ’ मन्त्र लेखिएको हुन्छन। जो महाकारूणीक आर्य अवलोकितेश्वरको मन्त्र हुन। जसले सबै जगतमा पीडा,दुख र वेदनामा रहेको प्राणीहरूको शुभ र कल्याण होस भन्ने हेतु राख्छ।

खादा तिब्बती बौद्ध संस्कृतिमा विकास भएको देखिन्छन। तर यसलाई राम्रो सँग बुझ्दै जाने हो भने तेस्रो शताब्दी तिर निर्माण भएको साँची स्तुपाको तोरणस्तंभमा अंकित गरिएको अष्टमंगलको आधारमा नै खादाको विकास भएको र प्रचलनमा ल्याएको हो भन्न सकिन्छन्।

source: tamangserophero and other social media



nationalnews7 nationalnews7   
  • March 25, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP