Dark Mode

      Subscribe

अमेरिका र इरानबीच सर्तसहितको दुईहप्ते युद्धविराम, कच्चा तेलको मूल्यमा ठूलो गिरावट

130
SHARES
अमेरिका र इरानबीच  सर्तसहितको दुईहप्ते युद्धविराम, कच्चा तेलको मूल्यमा ठूलो गिरावट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रस्तावित दुई हप्ताको युद्धविराममा आफू सहमत भएको बताएको बीबीसीले जनाएको छ । यो सहमति ‘होर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूको आवतजावतलाई अनुमति दिएपछि मात्र लागु हुने समाचारमा उल्लेख छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानमाथि भइरहेका आक्रमणहरू रोकिएमा इरान पनि लडाइँ अन्त्य गर्न तयार रहेको बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपतिले सम्झौताका लागि मंगलबार राति ८ बजेसम्मको समयसीमा तोकेका थिए । उनले सम्झौता नभए आज राति एउटा पूरै सभ्यता समाप्त पार्ने चेतावनी दिएका थिए । तर, अन्तिम समयमा आएको कूटनीतिक पहलले ठूलो युद्धको खतरालाई तत्कालका लागि टारेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो निर्णयको प्रभाव विश्वव्यापी बजारमा तत्कालै देखिएको छ । यसले कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ ।

अमेरिकी कच्चा तेलको मूल्य १८ प्रतिशतले घटेर करिब ९२.६० डलर प्रतिब्यारेलमा झरेको छ । ब्रेन्ट क्रुड ६ प्रतिशतले घटेर करिब १०३.४० डलर प्रतिब्यारेल पुगेको छ । यद्यपि, यी मूल्यहरू अझै पनि युद्ध सुरु हुनुभन्दा अघिको स्तरभन्दा बढी नै छन् ।

यसैबीच, अमेरिकी सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ, जसले लगानीकर्ताहरूमा आत्मविश्वास बढाएको बताइएको छ । सैन्य तनाव कम हुँदै गएमा आर्थिक अवस्था स्थिर हुन सक्ने बजारको अपेक्षा छ ।

 



nationalnews7 nationalnews7   
  • April 8, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP