Dark Mode

      Subscribe

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

0
SHARES
पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिनुभएको छ । सङ्घीय संसद् सचिवालयको परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो सम्पत्तिका बारेमा आएका समाचारको खण्डन गर्नुभएको हो ।

गृहमन्त्री गुरुङले हाल सार्वजनिक भएको विवरणमा उल्लेखित सम्पत्ति आफ्नो हजुरबुवाको पालाको भएको र अहिलेसम्म अंशबण्डा नभएकाले सोहीअनुसार देखिन आएको स्पष्ट पार्नुभयो । उहाँले पैतृक सम्पत्तिको विषयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न सञ्चारजगत् र सर्वसाधारणमा अनुरोध समेत गर्नुभएको छ ।

अविभाजित अवस्थामा रहेको पारिवारिक सम्पत्तिलाई नै कानुनी प्रक्रियाअनुसार विवरणमा समावेश गरिएको उल्लेख गर्दै उहाँले तथ्यहीन विषयमा विवाद नगर्न आग्रह गर्नुभयो । सार्वजनिक जवाफदेहीको पदमा रहेकाले आफू पारदर्शिताप्रति प्रतिबद्ध रहेको भन्दै गृहमन्त्रीले यस्ता विषयमा सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीको ध्यानाकर्षण गराउनुभएको हो ।



nationalnews7 nationalnews7   
  • April 16, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP