Dark Mode

      Subscribe

फार्मेसी अधिकृतसहित ८ जनाविरुद्ध २ करोड ९१ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

65
SHARES
फार्मेसी अधिकृतसहित ८ जनाविरुद्ध २ करोड ९१ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटसँग सम्बन्धित आठ जना कर्मचारीविरुद्ध दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार फार्मेसी अधिकृत दिपा ढुङ्गाना, फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र शर्मीला श्रेष्ठ तथा फार्मेसी सहायक केशवराज न्यौपाने र सन्दीप तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

आयोगले अस्पतालको फार्मेसीमा रहेका म्याद सकिएका तथा म्याद सकिन लागेका औषधि आपूर्तिकर्ता कम्पनीसँग भएको सम्झौताअनुसार फिर्ता गर्नुपर्ने व्यवस्था हुँदाहुँदै त्यसो नगरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोप लगाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त कार्यबाट राज्यलाई दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बराबरको क्षति पुगेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो असुल, कैद तथा जरिवानाको मागसहित बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।



nationalnews7 nationalnews7   
  • July 8, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP