Dark Mode

      Subscribe

अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ

65
SHARES
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए ।

उनले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखे ।

उनले संवैधानिक निकायहरूमा हुने भागबन्डाको राजनीतिसमेत अन्त्य गर्नुपर्ने बताए । संवैधानिक निकायहरूमा पूर्वकर्मचारीहरूको बाहुल्य रहेको भन्दै उनले त्यस्ता संस्थालाई पूर्व कर्मचारीहरूको ‘क्लब’ बन्न नदिनुपर्नेमा जोड दिए ।

सांसद सिंहले बैठकमा भ्रष्टाचारबाट प्राप्त रकम सुनमा लगानी भइरहेको विषयसमेत उठाए । उनले भ्रष्टाचारबाट आर्जित रकमलाई विभिन्न माध्यमबाट सुरक्षित राख्ने प्रवृत्तिप्रति अख्तियारले गम्भीर अनुसन्धान गर्नुपर्ने बताए ।



nationalnews7 nationalnews7   
  • August 20, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP