Dark Mode

      Subscribe

बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको नगद र सुन सुरक्षित

117
SHARES
बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको नगद र सुन सुरक्षित

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद तथा अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ।

प्रहरीका अनुसार करिब आठ घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेका नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

प्रहरीले बैंकको शाखाबाट करिब १.५ करोड रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको जनाएको छ।

बाढीका कारण बैंकको शाखा डुबानमा परेपछि सुरक्षाकर्मी तथा सम्बन्धित निकायको समन्वयमा उक्त सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।



nationalnews7 nationalnews7   
  • August 31, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP