Dark Mode

      Subscribe

रसुवा बाढी पीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्यो ४ करोड १ लाख रुपैयाँ सहयोग

117
SHARES
रसुवा बाढी पीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्यो ४ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीेबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको हो ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने यस मानविय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको छ । बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, यस घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरुको सकुशल उद्धार एवं घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ ।



nationalnews7 nationalnews7   
  • August 31, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP