Dark Mode

      Subscribe

प्याब्सन दाङका उपाध्यक्ष शोभाखर भुसाल ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२६’ द्वारा सम्मानित

377
SHARES
प्याब्सन दाङका उपाध्यक्ष शोभाखर भुसाल ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२६’ द्वारा सम्मानित

काठमाडौं (केशव भोजपुरे भट्टराई)। प्याब्सन दाङ जिल्ला कार्यसमितिका उपाध्यक्ष तथा दाङको राप्ती गाउँपालिका वडा नम्बर १, भालुवाङस्थित लिटिल एन्जल्स स्कुलका पिन्सिपल शोभाखर भुसाल प्रतिष्ठित ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित हुनु भएको छ । शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदान तथा समाज र राष्ट्रको हितमा गरेको महत्वपूर्ण सेवाको मुल्याङकन गर्दै भुसाललाई ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२६–नेपाल एन्ड इन्टरनेसनल समिट’ प्रदान गरिएको हो ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा यही २०८३ साल भदौ २० गते शनिबार आयोजित विशेष समारोहमा भुसाललाई ‘बेस्ट कन्ट्रिब्युसन इन एजुकेसन फिल्ड’ विधातर्फको अवार्ड प्रदान भयो । एबीएम प्रोडक्शनका अध्यक्ष अनमोल भगतको सभापतित्वमा भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अवार्ड तथा सम्मानपत्र प्रदान गर्नु भयो । एबीएम (ABM) नामक अन्तर्राष्टिय संस्थाले समारी इन्टरनेशनल प्रा.लिको सहयोग तथा एस. राज प्रोडक्सन्स प्रा.लि., कमला माई इन्टरटेनमेन्ट प्रा.लि. तथा मानव सेवा फाउन्डेसन ट्रस्टको सहकार्यमा अवार्ड कार्यक्रम आयोजना गरेको थियो।

सम्मानपत्रमा भुसाललाई शिक्षा क्षेत्रमा देखाएको उत्कृष्ट समर्पण, उल्लेखनीय उपलब्धि तथा समाज र राष्ट्रप्रतिको मूल्यवान योगदानको कदरस्वरूप ‘बेस्ट कन्ट्रिब्युसन इन एजुकेसन फिल्ड’ अवार्ड प्रदान गरिएको उल्लेख छ । शिक्षण क्षेत्रमा लामो समयदेखि सक्रिय भुसालले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको प्रतिभा, सिर्जनशीलता र सकारात्मक संस्कार विकासमा योगदान पुर्याउँदै आउनु भएको छ । प्राप्त सम्मानले शिक्षा क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्न आफूलाई थप हौसला र प्रेरणा मिलेको भुसालले यस सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।

‘…Celebrating Achievers Honoring Excellence Inspiring the Future’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। यो सम्मानले शिक्षा क्षेत्रमा भुसालले निरन्तर गर्दै आएको योगदान, समर्पण तथा सामाजिक परिवर्तनका लागि पुर्याउँदै आएको भूमिकालाई थप उजागर गरेको छ ।

इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ ले समाजमा उत्कृष्टता, प्रतिबद्धता र सेवाभाव प्रदर्शन गर्दै योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यलाई समेत प्रतिबिम्बित गरेको छ । उक्त अन्तर्राष्ट्रिय अवार्ड वितरण समारोहमा  प्रमुख अतिथि उपेन्द्र यादवका साथै संघीय सांसद विनोद पहाडी, पूर्व सांसद छिरिङ लामा, जगत जोशी, खेमराज कोइराला लगायतले बोल्नु भएको थियो ।



nationalnews7 nationalnews7   
  • September 6, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP