Dark Mode

      Subscribe

प्रधानमन्त्री स्वदेश फर्किँदा देखिएन तामझाम, तीन मन्त्रीले गरे स्वागत

169
SHARES
प्रधानमन्त्री स्वदेश फर्किँदा देखिएन तामझाम, तीन मन्त्रीले गरे स्वागत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज (शनिबार) स्वदेश फर्किनुभएको छ । ​

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडक राज पौडेल (गनेस) स्वागत गर्नु भयो । प्रधानमन्त्रीलाई स्वागत गर्न उहाँहरुको हातमा कम्तिमा खादा र पुष्प गुच्छा समेत थिएन ।

कतारको दोहा हुँदै काठमाडौं आइपुगेका प्रधानमन्त्रीको स्वागतका लागि तीन मन्त्री विमानस्थल पुगे पनि विगतमा प्रधानमन्त्री स्वदेश फर्किँदा देखिने गरेको औपचारिक तामझाम भने यसपटक देखिएन । प्रस्थानका क्रममा पनि विमानस्थलमा औपचारिक बिदाइ समारोह, गार्ड अफ अनर तथा रेड कार्पेटको व्यवस्था गरिएको थिएन।

असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो ।

​भ्रमणका क्रममा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बेलुका अवतरण गर्नुभएको हो ।

प्रधानमन्त्री शाहको प्रधानमन्त्री बनेपछिको यो पहिलो विदेश भ्रमण हो। उहाँ १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुनु भएको थियो ।



nationalnews7 nationalnews7   
  • September 26, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP