Dark Mode

      Subscribe

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मानव अवशेषको डीएनए परीक्षण तीव्र, ६३ प्रतिशत प्रगति

208
SHARES
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मानव अवशेषको डीएनए परीक्षण तीव्र, ६३ प्रतिशत प्रगति

काठमाडौँ। भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डिएनए प्रोफाइलिङ्गको काम धमाभम हुँदैछ । चिनियाँ र नेपाली वैज्ञानिकहरुको संयुक्त टोलीबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा यो काम जारी रहेको हो ।

हालसम्म ६३ प्रतिशतको डिएनए प्रोफाइलिङ्गको काम भएको प्रतिष्ठानका प्रवक्ता डा रामचन्द्र पौडेलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रयोगशालामा हालसम्म एक हजार ४२६ वटा हाडका नमूना संकलन भएकोमा ६३ प्रतिशतको डिएनए प्रोफाइलिङ्गको काम सकिएको हो ।

१५ जना चिनियाँ विज्ञ र १० जना नेपाली वैज्ञानिकसहितको टोली निरन्तर खटेको प्रवक्ता डा पौडेलले बताए । चीनले सहयोगस्वरुप उपलब्ध गराएको ¥यापिड डिएनए सिक्वेन्सिङ्ग मेसिनले दुई घण्टामा दुईवटा नमुनाको डिएनए प्रोफाइलिङ्ग गर्नेगरेको छ । यसअघि नास्टसँग २५ क्यापिलरीको सिक्वेन्सर मात्र थियो।

नेपाल प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको क्षमताले नभ्याएपछि नास्टलाई हड्डीको डिएनए परीक्षण गर्ने जिम्मा दिइएको थियो। प्रवक्ता पौडेलका अनुसार हड्डीमा डिएनएको मात्रा कम हुने भएकाले समय लाग्छ । तसर्थ चाइना एडबाट आएका उपकरणको प्रयोग गरी नास्टको मोलिक्युलर बायोटेक्निकल प्रयोगशालामा डिएनए परीक्षणको काम द्रूत गतिमा भइरहेको छ।

डिएनए प्रोफाइलिङ्ग गर्दा सर्वप्रथम दाँत, हड्डीबाट डिएनए निकालिन्छ । त्यसछि पिसीआर गरिन्छ । सिक्वेन्सरमा राखेर डिएनएको गुण परीक्षण गरिन्छ। विपदका बेला अनुसन्धानको महत्व बढी हुने र यसलाई राज्यले समेत प्रवर्धन गर्नुपर्ने प्रवक्ता पौडेलको धारणा छ।



nationalnews7 nationalnews7   
  • September 28, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP