Dark Mode

      Subscribe

२० अंकले घट्यो नेप्से, आठ अर्ब ३७ करोडकाे काराेबार

637
SHARES
२० अंकले घट्यो नेप्से, आठ अर्ब ३७ करोडकाे काराेबार

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । नेप्से आज सोमबार २० दशमलव ६८ अंकले घटेर २७ सय ५१ दशमलव ४२ अंकमा खुम्चिएकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५३ अंकले घटेर ४५९ दशमलव ७६ अंकमा खुम्चिएको छ ।

३११ वटा कम्पनीहरूको ८७ हजार १५६ पटकको कारोबारमा एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएका छन् । जसमध्ये अन्य समूहको सूचक दुई दशमलव शून्य सात अंकले बढेको छ भने बाँकी समूहहरूको सूचक घटेका छन् ।

वाणिज्य बैंक समूहको सूचक ६ दशमलव १६ अंकले घटेर १ हजार ३९२ दशमलव ३५ अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि ४३ दशमलव ३३ अंकले घटेर तीन हजार ६८२ दशमलव ३२ अंकमा पुगेको छ ।



nationalnews7 nationalnews7   
  • March 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP