Dark Mode

      Subscribe

अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३ र २४ गते

858
SHARES
अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३ र २४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन मंसिरमा हुने भएको छ । आज बसेको अध्यक्षमण्डलको बैठकले स्थगित भएको सम्मेलन मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।

 

उमेर हद विवादमा फसेपछि पार्टीले हस्तक्षेप गरेर सम्मेलन रोकेको थियो । सम्मेलन स्थगित भएपछि प्रचण्डले अध्यक्षमण्डललाई खुमलटार बोलाएर छलफल गरेका थिए ।

 

उमेर हदको पक्ष विपक्षमा प्रतिनिधिले सम्मेलनस्थलमा नाराबाजी र तोडफोड गरेपछि राष्ट्रिय सम्मेलन स्थगित गरिएको थियो ।



nationalnews7 nationalnews7   
  • October 5, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP