Dark Mode

      Subscribe

कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने

182
SHARES
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने

काठमाडौं। नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला इतर समूहले पनि सक्रियता बढाएको हो । शेरबहादुर देउवा नेतृत्वको इतर समूहले दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्ने बुझिएको छ । महाधिवेशनअन्तर्गत अहिलेसम्म ८० प्रतिशत वडाहरूको अधिवेशन सकिइसकेको छ भने हाल पालिकास्तरका अधिवेशनहरू भइरहेका छन्।

वडाहरूको ८० प्रतिशत अधिवेशन सकिएर अहिले पालिकाहरूको प्रक्रिया चलिरहेको छ। आगामी दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भइसक्नेछ। यसै क्रममा बिहीबार काठमाडौं महानगरपालिकाको नगर अधिवेशनसमेत भइरहेको इतर समुहका नेताहरुले सञ्चारमाध्यमलाई जनाएका छन् ।

आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि १५ औं महाधिवेशनको मिति उक्त समूहले तोकेको छ। सोही कार्यतालिका अनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी छ।

सो समुहका नेता गुरुराज बरालले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट खटिएका निर्वाचन अधिकृतहरूले काम गरिरहेको जानकारी दिँदै तोकिएकै मितिमा महाधिवेशन गरेर पार्टीलाई सुदृढ बनाइने दाबी गरेका छन् ।

संस्थापन समूहको महाधिवेशनलाई ‘क्लब’ को संज्ञा दिँदै भविष्यमा त्यो खुम्चिएर सानो आकारमा परिणत हुने बरालले टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै समूहले आ-आफ्नो अडान कायम राख्दै अलग्गै महाधिवेशनको प्रक्रिया अगाडि बढाएका छन्।



nationalnews7 nationalnews7   
  • October 8, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP