Dark Mode

      Subscribe

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित

793
SHARES
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

 

शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले दुवै जनाको नाम सर्वसम्मतीले अनुमोदन गरेको समितिका जेष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए । सभापति ईश्वरीदेवी न्यौपाने विदेशमा रहेकोले राणाले समितिको अध्यक्षता गरेका थिए ।

 

न्याय परिषद्ले निरौला र पाण्डेलाई सर्वोच्चको न्यायाधीशका लागि असोज ११ गते सिफारिश गरेको थियो ।

 

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि अब उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।



nationalnews7 nationalnews7   
  • November 8, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP