Dark Mode

      Subscribe

महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन गरियो

845
SHARES
महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन गरियो

विराटनगर (सीमा बस्नेत) । महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि कोशी प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रम यही कार्तिक ३० गते शुक्रबार कोशी प्रदेशको विराटनगरमा सम्पन्न भएको छ। सो कार्यक्रम विभेदको अन्त्य र समानताका लागि कार्यरत संस्था FWLD (महिला,कानुन र विकास मञ्च) ले आयोजना गरेको हो।

कोशी प्रदेशमा रहेर महिलाको हकहितमा आवाज उठाउने, वकालत गर्ने विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रमलाई वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले सहजीकरण गर्नु भएको थियो । संयुक्त राष्ट्रसंघीय महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने समिति (CEDAW Committee) मा नेपाल सरकारले  सातौं आवधिक प्रतिवेदन बुझाइसकेको छ र उक्त प्रतिवेदनमा रहेर सीड कमिटीले नेपालको लागि List of Issue जारी गरिसकेको छ।

यसै सन्दर्भमा १०० भन्दा बढी गैरसरकारी संस्थाहरुको समिति (Shadow Report Preparation Committee) को तर्फबाट नेपाल सरकारको ७औं आवधिक प्रतिवेदनमा छायाँ प्रतिवेदन (Shadow Report) तयार गरेको हो । राज्यपक्षले पेश गरेको प्रतिवेदनमा समावेश नभएको वा सही रूपमा उल्लेख नभएको विषयवस्तुलाई समेटेर गैरसरकारी संस्थाको तर्फबाट वास्तविक स्तिथि दर्शाउन तयार पारिएको दस्तावेज नै छायाँ प्रतिवेदन हो ।



nationalnews7 nationalnews7   
  • November 17, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP