Dark Mode

      Subscribe

पक्राउ परे एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल, पक्राउअघि घरमा छापा

13
SHARES
पक्राउ परे एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल, पक्राउअघि घरमा छापा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेको हो । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले सञ्चारमाध्यालाई जानकारी दिएको छ । पक्राउ परेका पौडेलका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ ।

पक्राउ  गर्नुअघि उनको घरमा प्रहरीले छापा मारेको जनाइएको छ । विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको हो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले सञ्चारमाध्यमले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • June 22, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP