Dark Mode

      Subscribe

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सुन्दरहरैंचाका किशोरीलाई एचपीभी खोप

1.6K
SHARES
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सुन्दरहरैंचाका किशोरीलाई एचपीभी खोप

विराटचोक । सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा बसोबास गर्ने किशोरीहरुलाई लागि राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर गराउने Human Papilloma virus एचपीभी खोप अभियान २०८१’ को औपचारिक शुभारम्भ गरिएको छ ।

बुधबार सुन्दरहरैंचा–१० मा रहेको सुकुना माध्यमिक विद्यालयको परिसरमा विभिन्न सरोकारवाला, नगरपालिकाका पदाधिकारी, नगरबासीलगायतको उपस्थितिमा भव्य समारोहको आयोजना गरी खोप अभियान सुरु गरिएको हो । अभियान सुरु गरिएको पहिलो दिन १ हजार ९ सय ७९ जना बालिकाले खोप लगाएका छन् ।

समारोहको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरीले खोपको महत्वबारे प्रकाश पार्दै भन्नुभयो,“किशोरीहरूलाई समयमै एचपीभी खोप लगाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सकिन्छ । यो अभियान सुरक्षित भविष्य निर्माणतर्फको महत्वपूर्ण कदम हो।” सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले स्वास्थ्य सचेतनामा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालय परिवार खोप अभियानलाई पूर्ण साथ दिने प्रतिवद्धता जनाउनुभयो।

स्वास्थ्य शाखा प्रमुख ममता न्यौपानेले,“नगरपालिकामा लक्षित उमेर समूहका किशोरीहरूलाई खोप उपलब्ध गराउन व्यापक तयारी गरिएको छ । यो खोप किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि जीवनपर्यन्त प्रभावकारी छ,” भन्ने जानकारी दिनुभयो।

एचपीभी खोप अभियान शुभारम्भ समारोहमा स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र स्वास्थ्यकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो । अभिभावकहरूले यस्तो खोप अभियानले बालबालिकाको भविष्य सुरक्षित गर्न ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

यो अभियानको उद्देश्य किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरलगायत एचपीभी संक्रमणबाट सुरक्षित राख्नु हो । कक्षा ६ देखि कक्षा १० सम्मका बालिका विद्यार्थीहरूलाई लक्षित गर्दै खोप लगाइने छ ।



nationalnews7 nationalnews7   
  • February 5, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP