Dark Mode

      Subscribe

न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्वारा सरकारको ध्यानाकर्षण

1K
SHARES
न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

काठमाण्डौमा शुक्रबार भएको पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय प्रतिष्ठानले सरकारले तोकेकोे न्युनतम पारिश्रमिक श्रमिकलाई नदिएको गुनासो आएको बताउनुभयो । सरकारले २०८० साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्युनतम मासिक पारिश्रमिक १७ हजार तीन सय रुपैयाँ तोकेको थियो ।

त्यस्तै सरकार चिया बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्युनतम मासिक पारिश्रमिक महंगी भत्तासहित १३ हजार आठ सय ९३ तोकेको थियो । विभागले सबै रोजगारदाता तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन समेत अनुरोध गरेको छ ।



nationalnews7 nationalnews7   
  • March 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP