Dark Mode

      Subscribe

नौ महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल आयात, अरू बस्तु कति भित्रियाे ?

26
SHARES
नौ महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल आयात, अरू बस्तु कति भित्रियाे ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२्\०८३ को नौ महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । भन्सार विभागले सोमबार ९वैशाख ७० प्रकाशित विवरण अनुसार नौ महिनामा एक खर्ब ३ अर्ब ३१ करोड बढीको डिजेल आयात भएको छ । उक्त अवधिमा १० लाख ३५ हजार ३३ किलोलिटर डिजेल आयात भएको छ । जसबाट सरकारले ४२ अर्ब ५१ करोड ९२ लाख बढी राजस्व उठाएको छ ।

दोस्रोमा कच्चा सोयाविनको तेल आयात भएको विभागको तथ्यांक छ । नौ महिनामा ५९ करोड ८४ लाख ६८ हजार २१५ लिटर कच्चा सोयाविन तेल आयात भएको विभागको तथ्यांक छ । जसबाट ९६ अर्ब ७२ करोड २९ लाख २६ हजार रुपैयाँ विदेशिएको छ । आयात बापत सरकारले ४ अर्ब २३ करोड १० लाख १४ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

यस अवधिमा आयात हुने तेस्रो स्थानमा पेट्रोल रहेको विभागको तथ्यांक छ । पाँच लाख ६८ हजार ३६६ किलोलिटर पेट्रोल आयात भएको तथ्यांकले देखाउँछ । जसबाट ५० अर्ब ३९ करोड ५९ लाख ६७ हजार रुपैयाँ बाहिरिएको छ । पेट्रोल आयातमार्फत सरकारले ३२ अर्ब ३१ करोड पाँच लाख ९६ हजार राजस्व संकलन गरेको छ ।

यस्तै। स्पन्ज आइरन चौथो धेरै आयात हुने वस्तुमा परेको छ ।नौ महिनाको अवधिमा करिब एक अर्ब केजी स्पन्ज आइरन आयात हुँदा ४२ अर्ब ६२ करोड ९४ लाख ६२ हजार रुपैयाँ विदेशिएको छ । स्पन्ज आइरन आयात बापत सरकारले ६ अर्ब दुई करोड ४१ लाख ९७ हजार रुपैयाँ बराबरको राजस्व उठाएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासको आयात पाँचौँ स्थानमा रहेको विभागको तथ्यांक छ । यस अवधिमा ४१ करोड १० लाख ८१ हजार ४२४ केजी एलपी ग्यास आयात भएको छ ।

सो बापत ४१ अर्ब ६४ करोड ९८ लाख ५६ हजार रुपैयाँ बढी रकम विदेशिएको छ । एलपी ग्यास आयात बापत सरकारले ७ अर्ब ७६ करोड ७९ लाख पाँच हजार बढी राजस्व संकलन गरेको विभागको तथ्यांकले देखाउँछ ।



nationalnews7 nationalnews7   
  • April 20, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP