Dark Mode

      Subscribe

राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

104
SHARES
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गरेका हुन्।

सभामा आर्थिक सर्वेक्षण पेस गर्दै उनले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा सिमिति हुने अनुमान रहेको पनि प्रष्ट पारेका छन् । प्रतिकुल विश्वपरिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको डा. वाग्लेले बताए ।

प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्युन रहने अर्थमन्त्री वाग्लेको भनाइ छ । चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने तथा प्रतिव्यक्ति आय एक हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान रहेको समेत रहेकाे जनाएका छन् ।



nationalnews7 nationalnews7   
  • May 27, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP