Dark Mode

      Subscribe

फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबल अनिश्चितकालीन संकटमा

13
SHARES
फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबल अनिश्चितकालीन संकटमा

काठमाडौं । विश्वभर FIFA World Cup 2026 को माहोल चलिरहँदा नेपाली फुटबल भने गम्भीर संकटमा परेको छ। विश्व फुटबलको सर्वोच्च निकाय FIFA ले सरकारी हस्तक्षेप भएको निष्कर्ष निकाल्दै All Nepal Football Association (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ।

फिफाले बुधबार जारी गरेको पत्रमार्फत नेपालमाथि निलम्बनको निर्णय सार्वजनिक गरेको हो। निलम्बनसँगै एन्फाले फिफाबाट प्राप्त गर्दै आएको आर्थिक सहायता पनि रोकिएको छ। नेपाली फुटबलको विकास तथा पूर्वाधार निर्माणका लागि फिफाले वार्षिक रूपमा ठूलो परिमाणमा अनुदान उपलब्ध गराउँदै आएको थियो।

फिफाको निर्णयअनुसार निलम्बन अवधिभर नेपालले कुनै पनि अन्तर्राष्ट्रिय तथा उमेर समूहका प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। साथै एन्फाका पदाधिकारीहरूको अन्तर्राष्ट्रिय गतिविधि तथा विदेश भ्रमणसमेत प्रभावित हुनेछन्। एन्फाका अध्यक्ष Pankaj Bikram Nembang नेतृत्वको चारवर्षे कार्यकाल असार ५ गते समाप्त भइसकेको थियो। तर कार्यकाल सकिनुअघि नै पाँच महिना अगाडि निर्वाचन गर्ने निर्णय भएपछि एन्फाभित्र विवाद चर्किएको थियो।

एन्फा नेतृत्वले National Sports Council (राखेप) र अदालतको निर्देशनलाई बेवास्ता गर्दै ‘अर्ली इलेक्सन’ को तयारी अघि बढाएपछि गत चैतमा राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। पछि तहगत निर्वाचन सम्पन्न गर्ने सहमतिपछि उक्त निलम्बन फुकुवा गरिएको भए पनि निर्वाचन प्रक्रिया अघि नबढेपछि एन्फा पुनः विवादमा तानिएको थियो।

यही परिस्थितिबीच फिफाले एन्फामाथि अनिश्चितकालीन निलम्बनको कदम चालेको हो। एन्फामा आर्थिक अनियमितता भएको आरोपमा राखेप तथा Commission for the Investigation of Abuse of Authority ले समेत छानबिन गरिरहेका छन्।



nationalnews7 nationalnews7   
  • June 25, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP