Dark Mode

      Subscribe

११ अंकले घट्यो नेप्से, ९ अर्ब २४ करोड ७३ लाखकाे काराेबार

936
SHARES
११ अंकले घट्यो नेप्से, ९ अर्ब २४ करोड ७३ लाखकाे काराेबार

काठमाडौ । नेप्से घटेको छ । नेप्से साताको अन्तिम कारोबार दिन बिहिबार ११.६४ अंकले घटेर २ हजार ६९९.८१ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज १.५५ अंकले घटेर ४५४.४९ अंकमा पुगेको छ ।

३१५ वटा कम्पनीको ९२ हजार ३२६ पटकको कारोबारमा एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट बिहिबार कुल कारोबार रकम ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २८७ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा बिहिबार  १३ वटा समूहहरुको शेयर कारोबार हुँदा फाइनान्स समुहको सुचक ४२.४४ अंकले बढेर २ हजार ७२२.३९ अंकमा पुगेको छ । यि बाहेक बाँकी समूहको सूचक भने घटेका छन् । याे मध्ये वाणिज्य बैंक समूहको सूचक ४.७७ अंकले घटेर १ हजार ३५९.११ अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक १४.६२ अंकले घटेर तीन हजार ८२३.५१ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक २२.१४ अंकले घटेर १३ हजार १६७.३४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५९.६६ अंकले घटेर १३ हजार १२१.१० अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा बिहिबार  अपर लोहोरे खोला हाईड्रो पावर कम्पनीले सबैभन्दा बढी कमाउँदा उपकार लघुवित्त वित्तीय संस्थाले भने सबैभन्दा बढी गुमाएको छ । साहस ऊर्जा लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।



nationalnews7 nationalnews7   
  • February 6, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP