Dark Mode

      Subscribe

आठ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब ७७ करोड

1.1K
SHARES
आठ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब ७७ करोड

काठमाडौं । मुलुकले बैदेशिक रोजगारीबाट प्राप्त गर्नै आय अर्थात रेमिट्यान्स रकम बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दशमलव नौं प्रतिशतले बढेर सात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार ४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ८५ हजार ३५२ र एक लाख ८२ हजार सात सय ८३ रहेको प्रतिवेदनमा उल्लेख छ ।



nationalnews7 nationalnews7   
  • April 9, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP