Dark Mode

      Subscribe

सामाजिक सुरक्षा कोषमा २६ लाख ५० हजार श्रमिक आवद्ध, ९५ अर्ब ६८ करोड रकम जम्मा

117
SHARES
सामाजिक सुरक्षा कोषमा २६ लाख ५० हजार श्रमिक आवद्ध, ९५ अर्ब ६८ करोड रकम जम्मा

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म २६ लाख ५० हजार श्रमिक आवद्ध भएका छन्। हालसम्म उनीहरूको ९५ अर्ब ६८ करोड रकम कोषमा जम्मा भएको छ। श्रमिकहरूले जम्मा गरेको ९५ अर्ब रकम सहित कुल एक खर्ब २६ अर्ब रकम कोषले विभिन्न क्षेत्रमा लगानी गरेको जनाएको छ।

उक्त रकम मध्ये ५८ अर्ब ८८ करोड ६२ लाख बैंकको मुद्धती रसिदमा, ट्रेजरी बिलमा ३२ अर्ब १८ करोड ९५ लाख लगानी गरेको छ। त्यस्तै म्युचुअल फन्डमा एक अर्ब ९ करोड ९५ लाख लगानी गरेको छ। केही रकम सुविधा भुक्तानीका लागि बैंक खातामा राखेको छ।

हालसम्म सापटी बापत योगदानकर्तालाई ७ अर्ब ७९ करोड ८३ लाख रूपैयाँ दिएको कोषले जनाएको छ। सरकारले सामाजिक सुरक्षा योजना २०७५ मंसिर ११ गतेदेखि लागू गरेको हो।

औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकबाट सुरू गरिएको यो योजनाले अहिले वैदेशिक रोजगारीमा गएका तथा अनौपचारिक, स्वरोजगार लगायत सम्पूर्ण निजी क्षेत्रका श्रमिकहरूलाई समेट्न थालेको छ। सबै श्रमिकलाई अनिवार्य गर्ने घोषणा भए पनि अधिकांश श्रमिक योजनामा समेटिन सकेका छैनन्।



nationalnews7 nationalnews7   
  • November 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP