Dark Mode

      Subscribe

नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको इन्स्टयान्ट इएमआईसुविधा

1.1K
SHARES
नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको इन्स्टयान्ट इएमआईसुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपालमै पहिलो पटकपोस मेसिन मार्फत भुक्तानी गर्दा इन्स्टयान्ट इएमआइसुविधा ल्याएको छ ।

ग्राहक अनुभवलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले नेपालमै पहिलोपटक एनआईएमबी पोस मेसिनमार्फत भुक्तानी गर्दा इन्स्टयान्ट इएमआइसुविधा सुरु गरेको हो ।

अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा एनआईएमबी पोस मेसिन मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दीसुविधा प्रयोग गर्न सक्नेछन् । यो सुविधा ग्राहकवर्गहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटबिनै तुरुन्तै उपलब्ध हुनेछ ।

बैंकले इन्स्टयान्ट इएमआइसुविधा सुरु गर्नुको उद्देश्य ग्राहकवर्गहरूलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउनु रहेको जनाएको छ ।

यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकवर्गहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ । सरल प्रक्रियामार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल २७५ शाखा, २६५ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।



nationalnews7 nationalnews7   
  • July 30, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP