Dark Mode

      Subscribe

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व सङ्कलन

858
SHARES
वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व सङ्कलन

काठमाडाैं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १८ अर्ब ३९ करोड ६७ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि याे राजस्व सङ्कलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

भन्सार विभागले कार्यालयलाई साउन महिनामा २० अर्ब ९८ करोड २१ करोड रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवको साउन महिनामा भने १५ अर्ब ९२ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए ।

विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।



nationalnews7 nationalnews7   
  • August 19, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP