Dark Mode

      Subscribe

राष्ट्र बैंकले मंगलबार पनि निस्कासन गर्यो २५ अर्ब रुपैयाँको ‘बन्ड’

325
SHARES
राष्ट्र बैंकले मंगलबार पनि निस्कासन गर्यो २५ अर्ब रुपैयाँको ‘बन्ड’

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार पनि २५ अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक बन्ड’ निष्कासन गरेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न बन्ड प्रयोग बढाएको हो ।

केन्द्रीय बैंकले गत साता दुई पटक गरेर ७५ अर्ब बराबरको नेपाल राष्ट्र बैंक बन्ड निष्कासन गरेको थियो । सोही बन्डलाई केन्द्रीय बैंकले तेस्रो चरणमा थप २५ अर्बको निष्कासन गरेको हो । एक वर्षमा परिपक्व हुने बन्डमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले अर्धवार्षिक ब्याज भुक्तानी पाउने केन्द्रीय बैंकले जनाएको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ घ’ नामको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्छन् । बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुनेछ । २० पुस आइतबार केन्द्रीय बैंकले निष्कासन गरेको बन्डको कुपन रेट २।६८ कायम भएको छ ।

न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ ।ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।

तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी त्यसको २।५० प्रतिशत दरले हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गत कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रीय बैंकले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • January 6, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP