Dark Mode

      Subscribe

बैंकहरूमा किन बढ्दैछ गैरबैंकिङ सम्पत्ति ?

923
SHARES
बैंकहरूमा किन बढ्दैछ गैरबैंकिङ सम्पत्ति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । पछिल्लो समयमा गैरसम्पति बढेर ४५ अर्ब रुपियाँ पुगेको पाइएको छ । ऋणीहरूले ऋण चुक्ता गर्न नसकेपछि लिलामी गरिएका सम्पत्तिहरू बढ्दै गएर बैंक तथा वित्तीय संस्थामा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको सञ्चारकर्मीहरुले गरेको रिर्पोटिङमा तथ्या फेला परेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष ०८१र८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ४४ अर्ब ८० करोड ८८ लाख रुपैयाँ पुगेको हो । बढ्दो खराब कर्जाका कारण यस्तो सम्पत्ति थपिँदै गएको बैंकरहरूको भनाइ छ । चालु वर्षकै तीन त्रैमासलाई हेर्दा साउनयता प्रत्येक त्रैमासमा खराब कर्जाको दर बढिरहेको छ ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ५।२४ प्रतिशत कायम छ । आर्थिक वर्ष ०८०र८१ को चैतसम्ममा ३।९८ प्रतिशत थियो । २० वाणिज्य बैंकको मात्र खराब कर्जा ५।०५ प्रतिशत छ । चालु आर्थिक वर्षको साउनमा वाणिज्य बैंकहरूको खराब कर्जा ३।७६ प्रतिशत थियो । त्यस्तै, आर्थिक वर्ष ०८०र८१ को चैतसम्म खराब कर्जा ३।८९ प्रतिशत थियो ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकको छ । यो बैंकको पाँच अर्ब ९९ करोड ८० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति छ । त्यस्तै, हिमालयन बैंकको पाँच अर्ब १४ करोड ३५ लाख, एनआईसी एसिया बैंकको चार अर्ब ५८ करोड ७५ लाख र नबिल बैंकको तीन अर्ब ७८ करोड ९८ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति छ ।



nationalnews7 nationalnews7   
  • May 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP