Dark Mode

      Subscribe

२७ अंकले बढ्दा ११ अर्ब ५८ करोडको सेयर कारोबार

260
SHARES
२७ अंकले बढ्दा ११ अर्ब ५८ करोडको सेयर कारोबार

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । आज बिहिबार २७ दशमलव १९ अंकले बढेर २७ सय आठ दशमलव ७० अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय २६ वटा कम्पनीहरुको एक लाख आठ हजार आठ सय १७ पटकको कारोबारमा तीन करोड ५५ लाख ७४ हजार छ सय २७ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार आठ सय रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा व्यापार समुहको सुचक १८ दशमलव ५१ अंकले घटेर तीन हजार सात सय ९१ दशमलव शुन्य छ अंकमा झरेपनि बाँकी समूहहरुको सूचक भने उच्च अंकले बढेका छन् ।

जसमध्ये बाँणिज्य बैंक समूहको सूचक सात दशमलव ७१ अंकले बढेर १३ सय ७२ दशमलव २२ अंकमा पुगेकोमा बिकास बैक समुहको सुचक पनि ५३ दशमलव शुन्य आठ अंकले बढेर पाँच हजार आठ सय १७ दशमलव ९९ अंकमा पुगेको छ ।

फाइनान्स समुहको सुचक पनि १२ दशमलव १६ अंकले बढेर २५ सय ३५ दशमलव ८२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सूचक पनि ५८ दशमलव ५० अंकले बढेर तीन हजार पाँच सय ८१ दशमलव ४३ अंकमा पुगेको छ ।

जीवन बीमा समूहको सूचक पनि एक सय ४३ दशमलव ८५ अंकले बढेर १३ हजार ४२ दशमलव २४ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि दुई सय १८ दशमलव ९२ अंकले बढेर ११ हजार दुई सय ५५ दशमलव ८६ अंकमा पुगेको छ



nationalnews7 nationalnews7   
  • February 5, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP