Dark Mode

      Subscribe

कुमारी बैंकले ‘दशैं उत्सव क्यास ब्याक’ ल्यायो अफर

1.1K
SHARES
कुमारी बैंकले ‘दशैं उत्सव क्यास ब्याक’ ल्यायो अफर

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘दशैं उत्सव क्यास ब्याक’ अफर सञ्चालनमा ल्याएको छ ।​​​​​

 

अनवरतरूपमा नवप्रवर्तनमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको बैंकले विजया दशमीको अवसरमा सेवाग्राहीलाई शुभकामना स्वरूप उक्त अफर सञ्चालनमा ल्याएको जनाएको छ । ​

 

घटस्थापनादेखि महानवमीसम्मको ९ दिन सञ्चालनमा रहने यस अफरमार्फत कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

 

यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११:५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहरिने गरी क्यास ब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।​

 

यस प्रकारको क्यास ब्याकले सेवाग्राहीमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।



nationalnews7 nationalnews7   
  • September 27, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP