Dark Mode

      Subscribe

७.३३ अंकले नेप्से घट्यो, ५ अर्ब ९३ करोडकाे कारोबार

1K
SHARES
७.३३ अंकले नेप्से घट्यो, ५ अर्ब ९३ करोडकाे कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ७.३३ अंकले घटेको छ । आज नेप्से ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा रोकिएको हो ।

आज बजारमा १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्त वित्तीय संस्था तथा मन्दाकिनी हाइड्रोपावर लिमिटेको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तर, पोखरा फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा सिन्धु विकास बैंक २८ करोड ५७ लाख २९ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

 



nationalnews7 nationalnews7   
  • January 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP