Dark Mode

      Subscribe

हमास र इजरायलबीच अस्थायी युद्ध विराम, बन्धक पनि छाड्ने सम्झौता

1.5K
SHARES
हमास र इजरायलबीच अस्थायी युद्ध विराम, बन्धक पनि छाड्ने सम्झौता

गाजा। युद्धरत इजरायल र प्यालेष्टिनी विद्रोही समूह हमासबीच युद्धविराम भएको छ । उनीहरुबीच युद्धविरामसँगै बन्धक छाड्ने सम्झौता भएको छ । झण्डै डेढ वर्षदेखि जारी युद्ध डेढ महिनाका लागि रोकिएको छ । कतारको राजधानी दोहामा भएको वार्तापछि युद्धविराम भएको हो । युद्धविराम पर्सि आइतबारदेखि औपचारिक कार्यान्वयन हुने बताइएको छ ।

सम्झौता अनुसार हमासले बन्दी बनाएका सबै बन्धकको रिहाइको कार्य अघि बढाइने छ । इजरायलले पनि प्यालेस्टिनी बन्धकहरू छाड्ने र आफ्ना सैनिकलाई प्यालेष्टिनी क्षेत्रबाट हटाउने तयारी छ । बन्धक रिहाइको पहिलो चरणमा हमासले ३३ जना इजरायली नागरिक, महिला सैनिक, बालबालिका, वृद्धवृद्धा र बिरामीलाई छाड्दै छ ।

]हमासले बन्धक बनाएका ८४ जना विदेशी नागरिकमा नेपालका विपिन जोशी पनि एक हुन । बन्धक विदेशी नागरिक दोस्रो चरणमा रिहा हुने अनुमान छ ।



nationalnews7 nationalnews7   
  • January 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP