Dark Mode

      Subscribe

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

546
SHARES
सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन  दुई लाख ५८ हजार ३०० मा झरेको छ ।

गत मंगलबार दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ । चाँदी प्रतितोला तीन हजार ८८५ बाट बढ्दै बिहीबार चार हजार ८० सम्म पुगेको थियो । आज एक तोला चाँदीको मूल्य चार हजार १०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • December 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP