Dark Mode

      Subscribe

आईपीएल क्रिकेटमा लखनउले हैदराबादलाई ५ विकेटले हरायो

1.2K
SHARES
आईपीएल क्रिकेटमा लखनउले हैदराबादलाई ५ विकेटले हरायो

काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइर्जस हैदराबादलाई ५ विकेटले हराएको छ । बिहिबार राति भएको खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे। लखनउको जीतमा निकोलस पुरनले सर्वाधिक ७० रन बनाए । मिचेल मार्शले ५२ रन जोडे ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए । त्यसअघि घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए । अनिकेत बर्माले ३६ रन जोडे । लखनउको लागि शार्दुल ठाकुरले ४ विकेट लिए । पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको लखनउको यो पहिलो जीत हो । हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो । आईपीएलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोरु खेल्दैछन् ।



nationalnews7 nationalnews7   
  • March 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP