Dark Mode

      Subscribe

‘एक कर्मचारीमाथि प्रश्न उठेकै भरमा गृहमन्त्री लेखकको राजीनामा माग्नु अनुचित’

1.2K
SHARES
‘एक कर्मचारीमाथि प्रश्न उठेकै भरमा गृहमन्त्री लेखकको राजीनामा माग्नु अनुचित’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित भएको बताउनुभएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री लेखको राजीनामा र छानबिनको माग गर्दै आएका छन् ।

काठमाण्डौमा शनिबार बिहान भएको ‘कान्तिपुर हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै पनि निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले राजीनामा र छानबिनको माग राखेर संसद अवरोध गर्न नहुने बताउनुभयो ।

प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्ने तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले रवि लामिछानेतर्फ लक्षित गर्दै तत्कालीन गृहमन्त्रीको राजीनामा मागेको अवस्थामा गृह मातहतको सीआईबीले छानबिन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेउभन्दा किनिदिन सकिन्छ तर सक्कली हात्तीलाई नै झोलामा हालिदेउभन्दा सकिन्न, त्यस्तै अहिले विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामा सम्भव छैन ।’

बजेटको सन्दर्भमा प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट यथार्थपरक र कार्यान्वयनमा सम्भव हुने हिसाबले आएको बताउनुभएको छ । पूर्वाधार विकासमा धेरै काम भएकाले सरकारले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएको उहाँको भनाइ छ ।



nationalnews7 nationalnews7   
  • May 31, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP