Dark Mode

      Subscribe

सुन्दरहरैंचा महिला मञ्चको तेस्रो साधारण सभा सम्पन्न, विमला अधिकारी ढकाल अध्यक्षमा चयन

2.6K
SHARES
सुन्दरहरैंचा महिला मञ्चको तेस्रो साधारण सभा सम्पन्न, विमला अधिकारी ढकाल अध्यक्षमा चयन

विराटचोक । मोरङको सुन्दरहरैंचा –७ स्थित सुन्दरहरैंचा महिला मञ्चको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट संस्थाको अध्यक्षमा विमला अधिकारी ढकाल सर्वसम्मत चयन हुनु भएको छ।

सुन्दरहरैंचा–७ स्थित पोखरेल वंश प्रतिष्ठानको भवनमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा मेनुका पाण्डे आचार्य, सचिवमा जानुका ओझा, सहसचिवमा भावना भट्टराई, कोषाध्यक्षमा सरस्वती दाहाल र सहकोषाध्यक्षमा सकुन दियाली चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा अनुकुमारी शाह, सुमित्रा विश्वकर्मा, सिर्जना नेपाल, राधा आले मगर, मन्जु तिम्सिना, मिना बिष्ट, पार्वती राई सर्वसम्मत चयन हुनु भएको छ ।

सुन्दरहरैंचा नगरपालिकाका पूर्वमेयर शिव प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको साधारण सभामा संस्थाकी अध्यक्ष मीना ओझाको सभापतित्व रहेको थियो। निवर्तमान नगरप्रमुख ढकालले महिला नेतृत्व विकास र सामाजिक परिवर्तनका लागि यस्ता संस्थाहरूले महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो। साथै, उहाँले नगरपालिकाले महिला सशक्तीकरणका कार्यक्रमहरूलाई निरन्तर समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साधारण सभाको अवसरमा सामाजिक अभियन्ता नेत्र चौलागाईंले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै महिला सशक्तीकरणको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले महिलाहरूले आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा समान अवसर पाउनुपर्ने बताउँदै, महिला मञ्च जस्ता संस्थाहरूले नेतृत्व विकासमा ठोस पहल गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सुन्दरहरैंचा महिला मञ्चले आयोजना गर्ने सामाजिक कार्यमा आफ्नो तर्फबाट पनि सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। संस्थाको नवनिर्वाचित अध्यक्ष ढकालले महिला हकहित, शिक्षा, स्वास्थ्य र स्वरोजगार प्रवर्द्धनमा मञ्चले थप सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो। कार्यक्रममा सुन्दरहरैचा -७ का वडाध्यक्ष भुवनसिंह आले मगर, सल्लाहकार समिति सदस्य रवीन्द्र आचार्य, विनोद फुयाललगायत नगरका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा महिला सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

 



nationalnews7 nationalnews7   
  • March 30, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP