Dark Mode

      Subscribe

रु ५० दरका ४२ करोड नोट छाप्न चिनियाँ कम्पनी र राष्ट्र बैंकबीच सम्झौता

104
SHARES
रु ५० दरका ४२ करोड नोट छाप्न चिनियाँ कम्पनी र राष्ट्र बैंकबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ५० का ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको कम्पनीसँग सम्झौता गरेको छ। उक्त कार्यका लागि चीन बैंकनोट प्रिन्टिङ एण्ड माइन्टिङ कर्पोरेसनलाई ठेक्का दिइएको हो।

मुद्रा व्यवस्थापन कार्यालयका अनुसार राष्ट्र बैंक र उक्त चिनियाँ कम्पनीबीच कात्तिक २५ गते अमेरिकी डलर १ करोड ४ लाख २२ हजार ५३५।२१ बराबरको सम्झौता सम्पन्न भएको छ।
यसअघि राष्ट्र बैंकले “द राइजिङ नेपाल” दैनिकमार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको थियो। बोलपत्र मूल्यांकनपछि सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीका रूपमा चीन बैंकनोट प्रिन्टिङ एण्ड माइन्टिङ कर्पोरेसन छनोट गरिएको हो।

राष्ट्र बैंकका अनुसार, सम्पूर्ण बोलपत्र तथा सम्झौता प्रक्रिया सार्वजनिक खरिद नियमावली, २०८० र सार्वजनिक खरिद कार्यविधि, २०८१ अनुसार सम्पन्न गरिएको छ।



nationalnews7 nationalnews7   
  • November 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP