Dark Mode

      Subscribe

१३ अंकले घट्दा आठ अर्ब ७३ करोडको शेयर काराेबार

1.3K
SHARES
१३ अंकले घट्दा आठ अर्ब ७३ करोडको शेयर काराेबार

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १४ दशमलव ८७ अंकले घटेको नेप्से बुधबार पुन: १३ दशमलव ९६ अंकले घटेर २ हजार ६२० दशमलव २७ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ३ दशमलव २८ अंकले घटेर चार सय ४१ दशमलव ४४ अंंकमा झरेको छ । नेप्सेमा बुधबार ३१५ वटा कम्पनीको एक लाख १२ हजार ५७७ पटकको कारोबारमा एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर-खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बुधबार १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये बिकास बैंक समूहको सूचक ४६ दशमलव ८१ अंकले बढेर पाँच हजार ४७० दशमलव २० अंकमा चढेकोमा अन्य समूहको सूचक पनि ६० दशमलव ३२ अंकले बढेर २२ सय ९५ दशमलव ४८ अंकमा चढेको छ ।

वाणिज्य बैंक समूहको सूचक भने आज पाँच दशमलव २७ अंकले घटेर १३ सय छ दशमलव ९४ अंकमा झरेकोमा फाइनान्स समुहको सुचक पनि दुई दशमलव ३६ अंकले घटेर २४९ दशमलव ९ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव ५७ अंकले घटेर तीन हजार चार सय ७६ दशमलव ९७ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय १८ दशमलव ९३ अंकले घटेर १३ हजार तीन सय ३३ दशमलव ९५ अंकमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • May 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP