Dark Mode

      Subscribe

किन घट्यो सन् २०२५ मा विदेश जाने नेपालीको सङ्ख्या ?

637
SHARES
किन घट्यो सन् २०२५ मा विदेश जाने नेपालीको सङ्ख्या ?

काठमाण्डौ– पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा धेरैले घटेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२५ मा १५ लाख २३ हजार नेपाली हवाईमार्ग हुँदै विदेश गएका छन् ।

अघिल्लो वर्ष अर्थात् २०२४ मा १६ लाख ७४ हजार २ सय २५ जना नेपाली विदेश गएका थिए । विभागको तथ्याङ्क अनुसार २०२४ को तुलनामा २०२५ मा विदेश जानेको सङ्ख्या १ लाख ५१ हजार २ सय २५ जनाले कम हो । अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार २०२५ मा १३ लाख १३ हजार १ सय ९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन् ।

२०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि उडान कटौती हुँदा धेरै नेपाली भारतीय विमानस्थल प्रयोग गरेर विदेश गएका खबरहरू सार्वजनिक भएका थिए । यस्तै नवयुवा आन्दोलनपछि विभिन्न देशले श्रमिक लैजान कम गर्दा पनि विदेशिने नेपालीको सङ्ख्या घटेको हो ।



nationalnews7 nationalnews7   
  • January 1, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP