Dark Mode

      Subscribe

‘नो केवलकार समूह’ ले उठाएका विषयप्रति सरकार गम्भीर छ: गृहमन्त्री लेखक

962
SHARES
‘नो केवलकार समूह’ ले उठाएका विषयप्रति सरकार गम्भीर छ: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केवलकार समूह’ले उठाएका विषयप्रति सरकार गम्भीर भएको उल्लेख गरे । उनीहरूलाई यथाशीघ्र वार्तामा आउन पनि उनले आह्वान गरे।

केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत् समाधान गर्न सरकार तयार रहेको जानकारी पनि उनले दिए । गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको पनि बताए ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको उनले बताए । दोषीलाई कारवाही गर्ने बचन पनि उनले दिए । गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता जनाए ।

भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताएका छन् । विभिन्न विधेयकहरू सदनमा पुगेको भन्दै उनले अन्य नीतिगत र कानुनी सुधारबारे छलफल भइरहेको जानकारी दिए ।

भूकम्पपछिको पुनर्स्थापना र पुन:निर्माणले लय समातेको उनको भनाइ छ । सीमित स्रोत र साधनबीच अपेक्षित रुपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील रुपमा काम गरिरहेको उनले बताए ।



nationalnews7 nationalnews7   
  • March 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP